आगामी सातादेखि वैदेशिक श्रम स्वीकृति सुरु गरिने
काठमाडौं। वैदेशिक रोजगार कार्यालय ताहाचलले आगामी सातादेखि श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ। कार्यालयले साताको बुधबार श्रम स्वीकृति दिने निर्णय गरेको बताएको छ। निर्णयअनुसार वैशाख २६ गतेदेखि स्वीकृति दिन सुरु गरिनेछ। महामारीका कारण वैदेशिक श्रम स्वीकृति दिन बन्द गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्