दश औद्योगिक क्षेत्रभित्र ६१२ वटा उद्योग सञ्चालनमा काठमाडौं। उद्योग विभागले देशका बिभिन्न स्थानमा रहेका १० वटा औद्योगिक क्षेत्रभित्र ६१२ वटा उद्योग सञ्चालनमा रहेको बताएको छ। यो तथ्याङ्क २०७७ फागुनसम्मको हो। ती औद्योगिक क्षेत्रमा ३७ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। यस्तै ३७ वटा उद्योग बन्द अवस्थामा रहेको विभागले जनाएको छ। सञ्चालनमा रहेका उद्योगबाट १८ हजार ७५५ जनाले रोजगारी पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्