दश औद्योगिक क्षेत्रमा करिब २१ अर्ब लगानी
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रमा कूल २० अर्ब ७८ करोड १ लाख रुपैयाँ लगानी रहेको छ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार ती औद्योगिक क्षेत्रमा नेपाल सरकारको १ अर्ब २४ करोड १८ लाख रुपैयाँ र निजी क्षेत्रको १९ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ लगानी रहेको छ।
प्रतिक्रिया दिनुहोस्