दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी काठमाडौं। नेपालमा साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटाले साझेदारी गरेका छन्। दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साझेदारी भएको एनसेलले जनाएको छ। साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिनेछ। ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा दुई संस्थाले हस्ताक्षर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्