काठमाडौं। चालू आर्थिक वर्ष २०७६/७७ को शुरूको पाँच महीनाको तथ्यांकअनुसार सोयाबिन र पाम आयल बाहेक अन्य सबै वस्तुको निर्यात घट्दो अवस्थामा देखिएको छ।
नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा अधिकांश वस्तुको निर्यात आरोलो लागेको देखिएको हो।
गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा ७५६ दशमलव १ प्रतिशतले पाम आयलको निर्यात बढेको छ। गत वर्ष एक अर्ब ३४ करोड रूपैयाँ बराबरको पाम निर्यात भएकोमा यस वर्ष ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो।
त्यस्तै, गत वर्ष १० करोडको मात्र निर्यात भएको सोयाबिन तेल यस दुई हजार ७७३ प्रतिशतले बढेर यस वर्ष तीन अर्ब आठ करोड रूपैयाँ पुगेको छ। नेपालको कूल निर्यातमा सोयाबिन तेलको हिस्सा साढे ६ प्रतिशत छ।
तथ्यांकअनुसार कूल निर्यातमा पाम र सोयाबिनको हिस्सा जोड्दा ३० प्रतिशत हुन आउँछ। यी बाहेक अधिकांश वस्तुको निर्यात अधोगतिमा छ। नेपालका मूख्य निर्यातजन्य वस्तुको निर्यात नै निरन्तर घटिरहेको छ।
यसअघि निर्यातको ठूलो हिस्सा ओगट्दै आएको फलाम र स्टील ५६ दशमलव ३ प्रतिशतले घटेर एक अर्ब ३३ करोडको निर्यात भएको छ। गत वर्ष तीन अर्ब ६ करोड रूपैयाँ बराबरको फलाम तथा स्टील निर्यात भएको थियो।
यसका साथै, गत वर्ष चार अर्ब ६१ करोडको निर्यात भएको हेडगेयर (टोपी लगातका वस्तु)को निर्यात ७७ प्रतिशतले घटेर एक अर्ब दुई करोडमा आएको छ। मासुजन्य वस्तुको निर्यात पनि झण्डै ८० प्रतिशतले घटेको छ।
केन्द्रका अनुसार, यस अवधिमा चिया, जुसजन्य वस्तु, यार्न तथा कार्पेट, पश्मिना, फार्मास्यूटिकल्स, टुथपेस्ट, चाउचाउ, अदुवा, नेपाली कागज जस्ता वस्तुको निर्यात समेत ओरालो छ।
यसबाहेक अलैँची ५० प्रतिशतले, चाँदीका गरगहना ४३ प्रतिशतले र फेल्ट ४३ प्रतिशतले निर्यात बढेको देखिन्छ।
यस्तै, कटनका उत्पादन, ह्यान्डिक्र्याफ्ट, जुटजन्य वस्तु र टेक्स्टायलको निर्यातमा सामान्य वृद्धि भएको छ।
" /> काठमाडौं। चालू आर्थिक वर्ष २०७६/७७ को शुरूको पाँच महीनाको तथ्यांकअनुसार सोयाबिन र पाम आयल बाहेक अन्य सबै वस्तुको निर्यात घट्दो अवस्थामा देखिएको छ।नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा अधिकांश वस्तुको निर्यात आरोलो लागेको देखिएको हो।

">