अर्थतन्त्र उकास्न बृहत् राजनीतिक सम्मेलन गर्दै उत्तर कोरिया एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले देशको खराब अर्थतन्त्र उकास्न बृहत् राजनीतिक सम्मेलनको आह्वान गरेका छन्। शुक्रबार पोलिटब्युरो बैठकमा ६ महिनापछि किम देखा परेका हुन्। कोरोना महामारीका कारण उत्तर कोरियाले सीमाहरु बन्द गरेपछि आर्थिक अवस्था थप खराब भएको हो। सीमा बन्द भएपछि प्रमुख सहयोगी चीनसँगको व्यापार पनि घटेको छ। प्रतिकूल परिस्थितिमा कारण उत्पन्न चुनौतीहरुको सामना गर्ने किमले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्