निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा काठमाडौं। नेपाल आयल निगमले पछिल्लो १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा ब्यहोरेको छ। निगमले पेट्रोल प्रतिलिटर १२३, डिजेल १०६ र मट्टितेल ७८ रुपैयाँमा बिक्री गर्दा उक्त रकम घाटा ब्यहोरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा र डलरको मूल्य उकालो लाग्दा निगमलाई घाटा हुँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्