५४ हजारभन्दा बढी ट्रेडमार्क दर्ता
काठमाडौं।नेपालमा हालसम्म बौद्धिक सम्पत्तिको रुपमा ५४ हजार ९०४ ट्रेडमार्क दर्ता भएका छन्।उद्योग विभागका अनुसार दर्ता भएका ट्रेडमार्कमध्ये २५ हजार ७४५ वटा विदेशी र २९ हजार १ सय ५९ वटा स्वदेशी छन्। चालु आर्थिक वर्ष २०७७÷७८ मा मात्र १ हजार ६८९ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा दर्ता भएका ट्रेडमार्कको संख्या ३ हजार ६३ थियो।
प्रतिक्रिया दिनुहोस्