एनआरएनलाई एभरेष्ट बैंकमा निःशूल्क खाता, क्रेडिट कार्डमा ५० प्रतिशत छुट <p>काठमाडौं। एभरेष्ट बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई विशेष सुविधा दिने गरी एनआरएन बचत खाता सुरु गरेको छ।</p> <p>आज बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दवाडी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगीले एक सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त बचत खाता सुरु गरेका हुन्।</p> <p>एभरेष्ट बैंकले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई&ndash;स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको बैंकले आज जारी गरेको विज्ञप्ति छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्