यस्तो छ नेपालमा वायुसेवाको अवस्था
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आर्थिक वर्ष२०७७/७८ को फागुनसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या२७ पुगेको छ। हालसम्म४० देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको छ। आन्तरिकतर्फ उडान गर्ने वायुसेवाको संख्या२० रहेको छ। निर्माण सम्पन्न भएका कुल विमानस्थलको संख्या ५४ रहेको छ। जसमध्ये कालोपत्रे भएका ३७ रहेका छन्। यसको अतिरिक्त एक आन्तरिक र तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन छन्।
प्रतिक्रिया दिनुहोस्