विद्युतमा पहुँच : सबैभन्दा बढी प्रदेश नं. २ मा र सबैभन्दा कम कर्णालीमा
काठमाडौं। देशका सात प्रदेशमध्ये प्रदेश नं.२ मा सबैभन्दा बढी विद्युतको पहुँच रहेको छ।प्रदेश नं.२ मा ९९.०५ प्रतिशत जनतामा विद्युतको पहँच पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विद्युतको पहुँच सबैभन्दा कम कर्णाली प्रदेशमा ३४.७५ प्रतिशतमा रहेको छ।प्राधिकरणकाअनुसार प्रदेश नं.१ मा ८२.४३ प्रतिशत,बागमती प्रदेशमा ९४.४४ प्रतिशत,गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत,लुम्बिनी प्रदेशमा ९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशतमा विद्युत पहुँच रहेको छ।
प्रतिक्रिया दिनुहोस्