खानेतेलको मूल्य बढेको बढ्यै
काठमाडौं। नेपालमा कोरोना महामारी सुरु भएयता निरन्तर खानेतेलको मूल्य उच्चरुपमा बढेको छ। दुई महिनाको अवधिमा नै तेल प्रतिलिटर७५ रुपैयाँसम्म बढेको हो। खुद्रा व्यापार संघका अनुसार हाल भटमासको तेल प्रतिलिटर २३५ र सूर्यमूखी तेल प्रतिलिटर ३०० रुपैयाँसम्म पुगेको छ। यस्तै यतिबेला तोरीको तेलको मूल्य प्रतिलिटर ३३० रुपैयाँसम्म पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा खानेतेलको मूल्य बढेको संघको दाबी छ।
प्रतिक्रिया दिनुहोस्