सिंगापुरले दिने स्वास्थ्य सामग्री बुधबार काठमाडौं ल्याइने
काठमाडौं। कोरोना महामारी विरुद्ध लड्न सिंगापुरले नेपाललाई दिएको स्वास्थ्य सामग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंगापुरले एन ९५ मास्क, पीपीई सेट, पीसीआर कीट, पीसीआर मेसिन, थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री नेपाललाई उपलब्ध गराउनेछ। स्वास्थ्य सामाग्रीको ढुवानीमा लाग्ने खर्च सिंगापुरको टेमसेक फाउण्डेसनले व्यहोर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्