गुगल, फेसबुक जस्ता कम्पनीमाथि ट्याक्स लगाउन जी–सेभेनको निर्णय बीबीसी। सबैभन्दा धनी देशहरुको समूह जी–सेभेनले संसारका सबैभन्दा ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीमाथि कर लगाउने निर्णय गरेका छन्। जी–सेभेन समूहले गूगल, फेसबुक, एपल, अमेजन जस्ता ठूला कम्पनीलाई १५ प्रतिशतसम्म ट्याक्स लगाउने सहमति गरेका हुन्। जी–सेभेनले यस्तो निर्णय गरेपनि लामो समय नटिक्ने प्रविधि पण्डितहरुको अनुमान छ। यो फैसला लण्डनमा भएको जि–सेभेन अर्थमन्त्रीस्तरीय बैठकले गरेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्