दिगो विकास लक्ष्यमा भारतको स्थान खस्कियो एजेन्सी। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य(एसडीजी)मा भारतको दुई स्थान तल ओर्लिएर ११७औं नम्बरमा पुगेको छ। राष्ट्र संघले १९३ देशमा २०१५ देखि २०३० सम्म एजेन्डाकै रुपमा एसडीजीबारे अध्ययन गरिरहेको छ। एसडीजीमा स्वास्थ्य, खाद्य सुरक्षा, लैंगिक समानता, लचिलो संरचना, समावेशी तथा सतत औद्योगिकीकरण र नयाँ कामलाई बढावा दिने कार्यमा आधारित रही मूल्यांकन गरिन्छ। भारतको स्थान नेपाल, भुटान, र बंगलादेशभन्दा तल छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्