इन्डिगो एयरलाइन्सको त्रैमासिक घाटा ११४७.२ करोड
एजेन्सी। भारतको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी इन्डिगोको त्रैमासिक(मार्च) घाटा ११४७.२ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको घाटा ८७०.८ करोड रुपैयाँ थियो। इन्डिगोसँग मार्चमा २८५ वटा विमान थिए। कोरोना महामारीका कारण विमान सेवा अत्यधिक प्रभावित हुन पुगेको छ। भारतलाई संसारका कतिपय देशले उडान प्रतिबन्ध लगाएका छन्। विभिन्न प्रान्तमा लगाइएका लकडाउनका कारण आन्तरिक सेवा पनि उत्तिकै प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्