नयाँदिल्लीमा ५० दिनपछि खुल्यो बजार
एजेन्सी। ५० दिनको लकडाउनपछि नयाँदिल्लीमा सोमबार बजार खुलेको छ। सरकारी घोषणाअनुरुप ‘अड–इभन’का आधारमा बजार खुलेको हो। बजार खुले पनि त्यहाँ ग्राहक भने निकै कम रहेका छन्। भारतमा कोरोनाका दोस्रो लहरले निकै त्रास फैलिएका कारण पनि बजार खुल्नासाथ मानिसहरुले खरिद गर्न नचाहेको हुन सक्ने व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुको संगठन अनुसार, दुई महिनामा दिल्लीमा करिब ४० हजार करोड रुपैयाँ नोक्सान भएको छ।
प्रतिक्रिया दिनुहोस्