इण्डोनेसियासँग व्यापार घाटा १३ अर्बभन्दा बढी
काठमाडौं। इण्डोनेसियासँग यो वर्ष नेपालको व्यापारघाटा१३ अर्ब १४ करोड ७६ लाख नौहजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा नेपालले उक्त व्यापारघाटा व्यहोरेको हो। भन्सार विभागका अनुसार सो अवधिमा इण्डोनेसियाबाट १३ अर्ब ४१ करोड १० लाख ४ हजार रुपैयाँको वस्तु नेपाल आएको छ भने नेपालबाट मात्र २६ करोड ३३ लाख ९५ हजार रुपैयाँको वस्तु गएको छ।
प्रतिक्रिया दिनुहोस्