भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया थालिने
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ।यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ। धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो। उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाले जनाएको छ।रासस
प्रतिक्रिया दिनुहोस्