६०८ स्थानीय तहका कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट काठमाडौं। देशका ७५३ स्थानीय तहमध्ये ६०८ वटाका कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार २०७७ फागुनसम्ममा ती स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो। सो अवधिमा ती स्थानीय तहका ५ हजार ९६ वडा कार्यालय, ३ हजार ४५४ स्वास्थ्य केन्द्र र ४ हजार १९७ सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट जडान भइसकेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्