बजेट कार्यान्वयन र निर्वाचनसँगै अघि बढ्छ : अर्थमन्त्री पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडलले आ.व. २०७८/०७९को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चुअल छलफलमा अर्थमन्त्री पौडेलले बजेट पूर्ण रुपमा कार्यान्वयन गरिने बताए। चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने हो कि भन्ने प्रश्नमा उनले भने, “बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडी बढ्छ। एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन।”
प्रतिक्रिया दिनुहोस्