प्रदेश १ को आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश प्रस्ताव बहुमतले पारित
काठमाडौं। प्रदेश १ को आज बसेको बजेट अधिवेशनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रस्तुत गरेको प्रदेश आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश प्रस्ताव बहुमतबाट पारित भएको छ। प्रदेश प्रमुखले जेठ १९ गते जारी गरेको अध्यादेशलाई आजको प्रदेशसभा बैठकले पारित गरेको हो। यो अध्यदेश पारित भएसँगै प्रदेश आर्थिक कार्यविधि ऐनको दफा ९ को उपदफा १ र २ संशोधन भएको छ।
प्रतिक्रिया दिनुहोस्