ल्याण्डलाईन फोनका प्रयोगकर्ता निरन्तर घट्दै, आठ महिनामा करिब ५८ हजारले हटाए काठमाडौं। कुनै समय सबैभन्दा बढी प्रयोगमा रहेको ल्याण्डलाईन (फिक्स्ड)फोनका प्रयोगकर्ता पछिल्ला वर्षहरुमा निरन्तर घट्दो क्रममा छन्। मोबाइलको आगमनसँगै ल्याण्डलाईन फोनको प्रयोग घट्न थालेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा प्रयोगमा आएकामध्ये ५७ हजार ९१४ ल्याण्डलाईन फोन सेवाग्राहीले हटाएका छन्। २०७७ फागुनसम्म नेपालमा ल्याण्डलाईन फोनका प्रयोगकर्ता ७ लाख २५ हजार ५१५ रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्