काठमाडौं। अर्थमन्त्री डा.युवराज खडिवडाले पाम आयलको निर्यात बढ्दा देशलाई कुनै घाटा नहुने बताएका छन्। नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसको अवसरमा आयोजित खतिवडाले पाम आयलको निकासीमा चिन्तित हुन नपर्ने बताएका हुन्।

चालु आर्थिक वर्षमा पाम आयलको निर्यात बढेकै कारण नेपालको समग्र निर्यात व्यापार बढेको तथ्याङ्क छ। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीहरूले तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात गर्दै आएका छन्।

चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा ७५६ दशमलव १ प्रतिशतले पाम आयलको निर्यात बढेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो।

पाम आयलको निर्यात अस्वभाविक रूपमा बढेको भन्दै यसबाट नेपाललाई फाइदा पुग्ने अर्थमन्त्रीको तर्क छ। “पाम आयललाई दीर्घकालिन निर्यातको रूपमा विकास गर्न सकिँदैन”, उनले भने “तर केही समयका लागि नेपालले फाइदा लिन सक्छ।”

विगतमा वनस्पति घ्यूको निर्यात यसैगरी बढेको थियो। तर, त्यसमा १२ प्रतिशतको मूल्यवृद्धि भएको थियो। अहिले पाम आयल निर्यात हुँदा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएकाले यसबाट नेपालले प्रत्यक्ष फाइदा लिइरहेको अर्थमन्त्रीले बताए।

सानो बजार भएको वस्तुको उत्पादन बढाएर नेपालको व्यापार घाटा नघट्ने भन्दै अर्थमन्त्री खतिवडाले विश्व बजारमा धेरै माग भएको वस्तु उत्पादन जोड दिनुपर्ने बताए।

निर्यात बढाउने उद्देश्यले सरकारले निर्यात केन्द्र खोल्न लागेको बताए। केन्द्रले घाटामा रहेको नेपालको वैदेशिक व्यापार सुधार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात दिवस कार्यक्रममा मात्र सीमित भएको गुनासो गरे। वस्तु निर्यात गतिविधिमा केही परिवर्तन नभएको भन्दै श्रेष्ठले नेपालबाट हुने निर्यातमा प्रशासनिक झण्झट बढी भएकाले त्यसमा पुनरावलोकन गर्नुपर्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयालले निर्यात व्यापार घाटा कम देखिए पनि नेपाली बजारको व्यापार घाटामा नै रहेको बताए।

" /> काठमाडौं। अर्थमन्त्री डा.युवराज खडिवडाले पाम आयलको निर्यात बढ्दा देशलाई कुनै घाटा नहुने बताएका छन्। नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसको अवसरमा आयोजित खतिवडाले पाम आयलको निकासीमा चिन्तित हुन नपर्ने बताएका हुन्।

चालु आर्थिक वर्षमा पाम आयलको निर्यात बढेकै कारण नेपालको समग्र निर्यात व्यापार बढेको तथ्याङ्क छ। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीहरूले तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात गर्दै आएका छन्।

चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा ७५६ दशमलव १ प्रतिशतले पाम आयलको निर्यात बढेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो।

पाम आयलको निर्यात अस्वभाविक रूपमा बढेको भन्दै यसबाट नेपाललाई फाइदा पुग्ने अर्थमन्त्रीको तर्क छ। “पाम आयललाई दीर्घकालिन निर्यातको रूपमा विकास गर्न सकिँदैन”, उनले भने “तर केही समयका लागि नेपालले फाइदा लिन सक्छ।”

विगतमा वनस्पति घ्यूको निर्यात यसैगरी बढेको थियो। तर, त्यसमा १२ प्रतिशतको मूल्यवृद्धि भएको थियो। अहिले पाम आयल निर्यात हुँदा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएकाले यसबाट नेपालले प्रत्यक्ष फाइदा लिइरहेको अर्थमन्त्रीले बताए।

सानो बजार भएको वस्तुको उत्पादन बढाएर नेपालको व्यापार घाटा नघट्ने भन्दै अर्थमन्त्री खतिवडाले विश्व बजारमा धेरै माग भएको वस्तु उत्पादन जोड दिनुपर्ने बताए।

निर्यात बढाउने उद्देश्यले सरकारले निर्यात केन्द्र खोल्न लागेको बताए। केन्द्रले घाटामा रहेको नेपालको वैदेशिक व्यापार सुधार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात दिवस कार्यक्रममा मात्र सीमित भएको गुनासो गरे। वस्तु निर्यात गतिविधिमा केही परिवर्तन नभएको भन्दै श्रेष्ठले नेपालबाट हुने निर्यातमा प्रशासनिक झण्झट बढी भएकाले त्यसमा पुनरावलोकन गर्नुपर्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयालले निर्यात व्यापार घाटा कम देखिए पनि नेपाली बजारको व्यापार घाटामा नै रहेको बताए।

"> पाम आयलको निकासी बढ्दा नेपाललाई घाटा हुँदैनः अर्थमन्त्री खतिवडा: Dekhapadhi
पाम आयलको निकासी बढ्दा नेपाललाई घाटा हुँदैनः अर्थमन्त्री खतिवडा
काठमाडौं। अर्थमन्त्री डा.युवराज खडिवडाले पाम आयलको निर्यात बढ्दा देशलाई कुनै घाटा नहुने बताएका छन्। नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसको अवसरमा आयोजित खतिवडाले पाम आयलको निकासीमा चिन्तित हुन नपर्ने बताएका हुन्।

चालु आर्थिक वर्षमा पाम आयलको निर्यात बढेकै कारण नेपालको समग्र निर्यात व्यापार बढेको तथ्याङ्क छ। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीहरूले तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात गर्दै आएका छन्।

चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा ७५६ दशमलव १ प्रतिशतले पाम आयलको निर्यात बढेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो।

पाम आयलको निर्यात अस्वभाविक रूपमा बढेको भन्दै यसबाट नेपाललाई फाइदा पुग्ने अर्थमन्त्रीको तर्क छ। “पाम आयललाई दीर्घकालिन निर्यातको रूपमा विकास गर्न सकिँदैन”, उनले भने “तर केही समयका लागि नेपालले फाइदा लिन सक्छ।”

विगतमा वनस्पति घ्यूको निर्यात यसैगरी बढेको थियो। तर, त्यसमा १२ प्रतिशतको मूल्यवृद्धि भएको थियो। अहिले पाम आयल निर्यात हुँदा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएकाले यसबाट नेपालले प्रत्यक्ष फाइदा लिइरहेको अर्थमन्त्रीले बताए।

सानो बजार भएको वस्तुको उत्पादन बढाएर नेपालको व्यापार घाटा नघट्ने भन्दै अर्थमन्त्री खतिवडाले विश्व बजारमा धेरै माग भएको वस्तु उत्पादन जोड दिनुपर्ने बताए।

निर्यात बढाउने उद्देश्यले सरकारले निर्यात केन्द्र खोल्न लागेको बताए। केन्द्रले घाटामा रहेको नेपालको वैदेशिक व्यापार सुधार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात दिवस कार्यक्रममा मात्र सीमित भएको गुनासो गरे। वस्तु निर्यात गतिविधिमा केही परिवर्तन नभएको भन्दै श्रेष्ठले नेपालबाट हुने निर्यातमा प्रशासनिक झण्झट बढी भएकाले त्यसमा पुनरावलोकन गर्नुपर्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयालले निर्यात व्यापार घाटा कम देखिए पनि नेपाली बजारको व्यापार घाटामा नै रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्