रोल्पा र सल्यानको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न २ करोड ३० लाख
काठमाडौं। सरकारले कोरोना संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि सल्यान र रोल्पाको अस्पताललाई २ करोड ३० लाख रुपैयाँ दिने निर्णय गरेको छ। उक्त रकमबाट अक्सिजन प्लान्ट जडान गरिने जनाइएको छ। सल्यानको जिल्ला अस्पतालमा अक्स्जिन प्लान्ट जडान तथा ५ बेडको हाइ डिपेन्डेन्सी युनिट स्थापना गर्न र रोल्पाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न उक्त रकम दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्