चार लाख बढी मूल्य बराबरको मदिरा बरामद विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले आज रु.चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी भन्सार कार्यालय विराटनगरलाई बुझाएको छ। मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुईवटा मोटरसाइकलमा बेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो। प्रहरीका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएकोे २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्