विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने एजेन्सी। विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोना संक्रमणका कारण समस्यामा परेका साना तथा मझौला उद्योग सञ्चालकहरूको सहयोगार्थ सो रकम दिन लागेको हो। भारतमा कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायीहरु धरासायी अवस्थामा पुगेको तथ्याङकले देखाएको छ। सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थान र प्रवद्र्धनका लागि परिचालन गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्