साँगुरीगढी गाउँपालिकाद्वारा कोरोना संक्रमणबाट मृत्यु भएका परिवार र संक्रमितलाई सहयोग काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिकाले कोरोना संक्रमणको कारण ज्यान गुमाएको परिवारलाई किरियाखर्च र संक्रमितलाई उपचार खर्च दिने भएको छ। गाउँ कार्यपालिकाको जेठ २१ गते बसेको बैठक मृतकका परिवारलाई २० हजार र संक्रमितलाई उपचार खर्च ५ हजार दिने निर्णय भएको गाउँ कार्यपालिका सदस्य बालकृष्ण राईले बताए। साँगुरीगढी गाउँपालिकामा कोरोना संक्रमणको कारण हालसम्म दुईजनाको मृत्यु भएको छ भने ८६ जना संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्