यी हुन् प्रदेश १ को आगामी बजेटका प्राथमिकताका क्षेत्र
विराटनगर। प्रदेश १ मा आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटका मुख्य प्राथमिकताहरुमा स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार विकास, कृषि, सहकारी, पर्यटन, भूमि व्यवस्था, उद्योग वाणिज्य, वन तथा वातावरण, सार्वजनिक सेवा प्रवाह र सुशासन रहेका छन्। यिनै प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रदेशसभा बैठकमा जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्