प्रदेश १ मा ‘प्रदेशको पानी प्रदेशकै जनताको लगानी’ कार्यक्रम सञ्चालन विराटनगर। जलविद्युत उत्पादन गर्नको लागि प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ मा ‘प्रदेशको पानी प्रदेशकै जनताको लगानी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। निजी क्षेत्र र स्थानीयबासीलाई लगानी गर्न आकर्षित गर्दै प्रदेशको आम्दानी बृद्धि गर्न प्रदेश लगानी बोर्डमार्फत योजना अगाडि बढाइने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए। यीबाहेक सौर्य उर्जा र अन्य नवीकरणीय उर्जाका क्षेत्रमा समेत लगानी गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्