प्रदेश १ मा औद्योगिक करिडोर र औद्योगिक ग्राम बनाइने
विराटनगर। प्रदेश १ मा घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुको स्थापना र पुनरुत्थानको लागि औद्योगिक करिडोर र औद्योगिक ग्राम बनाइने भएको छ। आगामी बर्ष २०७८/०७९ को बजेटमा प्रदेशस्तरमा औद्योगिक करिडोर र स्थानीय तहमा औद्योगिक ग्राम बनाउन बजेट व्यवस्था गरिएको हो। यी क्षेत्रमा स्वदेशी लगानीलाई प्राथमिकता दिइने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रदेशसभा बैठकमा जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्