एनसेलले परिमार्जन गर्यो १९ देशको कल शुल्क
काठमाडौं। एनसेलले जेठ २१ गतेदेखि लागु हुनेगरी १९ देशको अन्तर्राष्ट्रिय कल शूल्क परिमार्जन गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई गत जेठ ९ गते इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शूल्कको स्वीकृती प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस्