लुम्बिनी प्रदेश सरकार वन नीति : ‘एक पालिका एक नमुना कृषि वन कार्यक्रम’ बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘एक पालिका एक नमुना कृषि वन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। खाली रहेका जमिनमा बृक्षरोपण गरेर किसानको आयआर्जन बृद्धि गर्न यो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम रुपन्देही, कपिलवस्तु,दाङ,बाँके,बर्दिया र नवलपरासीमा सञ्चालन गरिने भएको छ। सामुदायिक वन उपभोक्ताको क्षमता विकास र निकुञ्जहरुमा पर्यापर्यटनको विकास पनि गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्