सेयर बजारबाट सरकारलाई मासिक एक अर्ब राजश्व
काठमाडौं। सरकारले सेयर बजारबाट प्रशस्त राजश्व संकलन गर्न थालेको छ। गत वर्ष २०७७ सालसम्म वर्षभरी मुस्किलले सरकारलाई सेयर बजारबाट एक अर्ब राजश्व संकलन हुन्थ्यो। जुन यतिबेला बढेर महिनामै १ अर्ब रुपैयाँभन्दा बढी संकलन हुन थालेको छ। यसअनुसार अब वार्षिक १२ अर्ब रुपैयाँसम्म पूँजीकरण लाभकरमार्फत सरकारले राजश्व संकलन गर्न थालेको छ।
प्रतिक्रिया दिनुहोस्