कालिकोटमा केन्द्रीय प्रशारण प्रणालीबाट विद्युत काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कालीकोटमा केन्द्रीय प्रसारण प्रणालीबाट विद्युत पुर्याएको छ। दैलेखको दुल्लुबाट मान्मासम्मको११ केभी लाइनको काम जेठ २४ गते पूरा गरिएको प्राधिकरणले जनाएको छ। कोहलपुरदेखि सुर्खेतसम्म तानिएको ३३ केभी लाइन दैलेखसम्म पुर्याइएको हो। दैलेखबाट दुल्लुसम्म३३ केभी लाइन नै विस्तार गरिएको छ। दुल्लु–मान्मामा भने ११ केभी छ। मान्मामा ट्रान्सफर राखेपछि दुल्लु–मान्मा पनि ३३ केभीको हुने प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्