इलामका चिया उद्योग खुल्ने
इलाम। कोरोना महामारीले चिया निर्यात नभएपछि उद्योग बन्द रहेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन्। नगर चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट हरियो चियापत्ति टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने, अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने लगायतका स्वास्थ्य मापदण्ड तयार गरेका छन्।रासस
प्रतिक्रिया दिनुहोस्