भारतको निर्यात ५२.३९ प्रतिशत वृद्धि
एजेन्सी। जुन महिनाको पहिलो साता भारतको निर्यात ५२.३९ प्रतिशत बढेर ७.७१ अर्ब डलर भएको छ। वाणिज्य मन्त्रालयको प्रारम्भिक आँकडाअनुसार रत्न–आभूषण, इन्जिनियरिङ, पेट्रोलियम लगायतका वस्तु निर्यातमा वृद्धि भएको हो। समीक्षा अवधिमा दलहन, फलाम तथा मसला निर्यातमा ठूलो गिरावट आएको छ। अमेरिका, यूएई र बंगलादेशतर्फ भारतको निर्यात उल्लेखनीय रुपमा बढेको छ भने चीनबाट आयात निकै बढेको छ।
प्रतिक्रिया दिनुहोस्