नीजि प्रकाशकको बदमासी : विद्यालयस्तरका सामाजिक शिक्षा र जिके लगायतका पुस्तकमा पुरानै नक्सा
काठमाडौं। विद्यालयस्तरका सामाजिक शिक्षा र जिके लगायतका पुस्तकमा नेपालको पुरानै नक्सा प्रकाशन गरी बिक्रीवितरण भएको पाइएको छ। अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको आज सम्पन्न ८८ औं बैठकमा सो विषयमा ब्यापक छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्