बितेको चौबिस घण्टामा एक करोड २८ लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो
काठमाडौं। अर्थ मन्त्रालयले पछिल्लो चौबिस घण्टामा बिभिन्न नाकाबाट नेपालमा एक करोड २८ लाखभन्दा बढीको मेडिकल उपकरणहरु भित्रिएको जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा एक करोड २८ लाख १० हजार ५३४ थान मेडिकल उपकरणहरु, २८ हजार १२८ एमटीक्यू अक्सिजन, एक हजार १५० भायल्स रेम्डीसिभिर र कोरोना टेस्ट किट लगायतका औषधिहरु पैठारी भएको छ। अधिकांश सामाग्री कोरोना नियन्त्रणको लागि ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस्