विदेशी लगानी सम्बन्धी विनियमावली सकारात्मक : परिसंघ
काठमाडौं। नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी लगानी सम्बन्धी विनियमावली सकरात्मक रहेको बताएको छ। राष्ट्र बैंकले ल्याएको ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ सकरात्मक भएको बताएको हो। केन्द्रीय बैंकले विनियमावली ल्याउँदै विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्