१० खर्ब राजश्व संकलन चूनौतीपूर्ण भएको महासंघको निष्कर्ष
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षमा १० खर्ब राजश्व संकलनको लक्ष्य चूनौतीपूर्ण भएको बताएको छ। महासंघले कोभिडको दोस्रो लहरका कारण आर्थिक पुनरुत्थानको संयुक्त प्रयासमा धक्का लागेकाले लक्ष्य चूनौतीपूर्ण भएको बताएको हो। यसअघि चेम्बर अफ कमर्शले पनि लक्ष्य चूनौतीपूर्ण भएको बताएको थियो।
प्रतिक्रिया दिनुहोस्