पदयात्रा मजदुरलाई सहयोग पोखरा। ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र कर्मा फ्लाइट्स फाउन्डेसन नेपालले कोरोना प्रभावित पदयात्रा मजदुरलाई सहयोग गरेको छ। पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना,केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्