कोरोना महामारीबीच रेमिटेन्स १६.५ प्रतिशतले वृद्धि काठमाडौं।कोराना महामारीबीच अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म नेपाल भित्रने रेमिटेन्समा १६.५ प्रतिशतले वृद्धि भएको छ।२०७७ साउन देखि चैतसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा नेपालमा ६ खर्ब २५ अर्ब ७१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।अघिल्लो वर्ष रेमिटेन्समा ४.२ प्रतिशते संकुचन आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्