वैदेशिक रोजगारीम जानेको संख्यामा गिरावट, श्रम स्वीकृति लिने ६६.७ प्रतिशतले घटे
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि चैतसम्मको नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानको लाग मात्र ६४ हजार ४७५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा ६६.७ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ। सोही अवधिमा पुनःश्रम स्वीकृति लिने कामदारको संख्या ५५.७ प्रतिशतले घटेर ७७ हजार ७२८ रहेको छ।
प्रतिक्रिया दिनुहोस्