बाटा इन्डियाको नाफा २३.३ प्रतिशत घट्यो एजेन्सी। भारतको प्रख्यात जुत्ताचप्पल कम्पनी बाटाको नाफा २०२०–२१ को चौथो त्रैमासिकमा २३.३ प्रतिशत घटेको छ। कम्पनीको कन्सोलिडेटेड मुनाफा घटेर २९.४७ रुपैयाँ भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८.४० करोड थियो। मुनाफामा गिरावट आए पनि बाटाको सेयरमूल्य बिहीबार उच्चविन्दुमै रहेको छ। कम्पनीले फ्रेन्चाइजी, शाखा तथा वितरण वृद्धि गरेर भए पनि मुनाफा बढाउने प्रयत्न गरिने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्