१६ प्रतिशतले घट्यो डिजेलको आयात
काठमाडौं। चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालमा डिजेलको आयात १६ प्रतिशतले घटेको छ। अर्थमन्त्रालयले निकालेको चैतसम्मको अर्थ बुलेटिनअनुसार आयात घटेको हो। यस अवधिमा ५९ अर्ब ७५ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा नेपालमा ७१ अर्ब १३ करोड रुपैयाँको डिजेल आयात भएको थियो।
प्रतिक्रिया दिनुहोस्