लाखौं वर्ष पहिलाको जीवन कस्तो थियो ? के–कस्ता जीव पृथ्वीमा रहने गर्थे ? तिनको आकारप्रकार कस्तो थियो ? मानिसकै पूर्वजहरू कस्ता थिए ? यस्ता प्रश्नको जवाफ खोज्न वैज्ञानिकहरूले जिवाशेषको सहारा लिने गरेका छन्। चट्टानहरूमा रहने जिवाशेषको अध्ययनबाट वैज्ञानिकहरूले कुन-कुन समयमा कस्ता जीव रहन्थे भन्ने पत्ता लगाएर हामीलाई जीवहरूको विकासबारे प्रशस्त जानकारी गराएका छन्।
आजभन्दा लाखौं वर्षपछि पनि सम्भवतः मानव (होमो स्यापियन्स) का सन्तान रहनेछन् वा अन्य कुनै ग्रहका जीवहरू (एलियन) आउनेछन्। उनीहरूले पक्कै पनि आज हामी बाँचिरहेको सभ्यताको खोजनिधी गर्नेछन्। उनीहरूले हाम्राबारे जानकारी कसरी पाउलान् ? हामी र अहिले हाम्रो वरिपरि रहेका जीवहरूसँगको सम्बन्धबारे कसरी व्याख्या गर्लान् ?
वैज्ञानिकहरूले यी प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेका छन्। एन्थ्रोपोसिनबारे भइरहेको अध्ययनले यसबारे केही जवाफहरू सिर्जना गरेका छन्।
मिसौरी वेस्टर्न स्टेट युनिभर्सिटीका जीवाश्मजीव वैज्ञानिक करेन कोय र युनिभर्सिटी अफ् इलिनोइसका जीवाश्मविद् रोय प्लोटनिकले हालै जीवाश्मकरण, अन्त्येष्टि प्रक्रिया आदिबारेका २०० भन्दा बढी शोधपत्रहरूको समीक्षा गरेका छन्।
‘साइन्स’ म्यागेजिनले उनीहरूसँग लाखौं वर्षपछि वर्तमान सभ्यताबारे हुने अध्ययन कस्तो होला भन्नबारे गरेको कुराकानी यहाँ प्रस्तुत छः
आजभन्दा लाखौं वर्षपछि कसले हाम्रा जीवावशेष खोतल्नेछ ? कुनै परिस्कृत मानवले कि एलियनले ?
रोय प्लोटनिकः यो प्रश्नले अर्को प्रश्न जन्माउँछ– के मानव अस्तित्व त्यति लामो समयसम्म रहला? म विज्ञान आख्यानप्रेमी भएकाले पनि आशावादी छु। पक्कै पनि त्यति लामो समयसम्म हाम्रा सन्तानहरू रहनेछन्। उनीहरू कुनै दिन पछि फर्केर हाम्रो वर्तमान जीवनको अध्ययन गर्नेछन्।
हाम्रो जीवनका हरेक सेकेण्डहरू पनि संकलित छन्। के उनीहरूलाई हामीलाई जस्तो जीवावशेषकै आवश्यकता पर्ला त ?
रोय प्लोटनिकः यदि तपाईंले एपोक्यालेप्टिक युग पछिको विज्ञान आख्यानहरू पढ्नुभयो भने सबैजसो लिखित दस्तावेज, कम्युप्टर रेकर्ड लगायतका स्मृतिहरू ध्वस्त भएको पाउनुहुन्छ। त्यसोभए के रहन्छ त ? रहने भनेको जमिनमुनि गाडिएकाहरू मात्र हुन्।
करेन कोयः र, यदि रेकर्डहरू रहे नै भने पनि तिनको अर्थ लगाउन गाह्रो हुनेछ। दशकौं अघिका कम्प्युटर रेकर्डहरूलाई अहिलेका अत्याधुनिक कम्प्युटरले अर्थ लगाउन सकेका छैनन्। लाखौं वर्षपछि कसरी गर्लान् ?
तपाईंहरूले आफ्ना शोधपत्रहरूमा अघिल्ला युगहरूमा भन्दा फरक ठाउँमा जीवावशेष बन्ने उल्लेख गर्नुभएको छ। त्यो कसरी हुन्छ?
रोयः अहिलेसम्म जीवावशेषहरू गुुफा, पोखरी, नदीका धारहरू र दलदलहरूमा पाइएका छन्। यी सबै ठाउँमा मानवीय गतिविधिले परिवर्तन ल्याएका छन्। मानिसहरूले नदीमा बाँध बनाउँछन्। मानिसहरूले प्रकृतिको तुलनामा भू-सतहमा निकै नै परिवर्तन ल्याइदिएका छन्।
तपाईंहरूले अहिलेका मानिस र जनावर मरेपछि निश्चित संकेतहरू छोड्ने जनाउनुभएको छ। त्यो संकेत कस्तो हुन्छ ?
करेनः बीसौं शताब्दीको मध्यतिर मानिसको जनसंख्या एकदमै बढ्न थाल्यो। जसले गर्दा मानिसका चिहानहरू एकै ठाउँमा लहरै राखिन थाले। यस्ता लहरै राखिएका चिहानहरू संसारैभरि छन्। त्यसैले अहिलेका मानिसका जीवावशेषहरू डायनोसरका हड्डीहरू जस्तो छरिएको पाउने छैनन्। मानिसका अवशेषहरू जताततै एकैनासले पाइनेछन्। यसो कल्पना गर्नुस् त तपाईं अरू कुनै ग्रहबाट आउनुभएको छ र लहरै राखिएका चिहानहरू फेला पार्नुहुन्छ। कस्तो लाग्ला ? यसलाई ‘रोमाञ्चक’ भन्नु कत्तिको उपयुक्त हुन्छ त्यो त मलाई थाहा छैन।
भविष्यका जीवावशेषमा कस्ता जनावरहरू पाइएलान् ?
रोयः पक्कै पनि कुखुराहरू हुनेछन्, किनभने तिनको संख्या अत्यधिक छ। त्यसैगरी गाई र सुँगुरहरू पनि पाइनेछन्। मानिस, सुँगुर र गाईको संख्या अविश्वसनीय तरिकाले अत्यधिक छ। यिनीहरूको संख्यासँग जंगली जनावरहरूको तुलना गर्न सकिँदैन।
भविष्यका जीवाश्मविद्हरूले घरपालुवा र जंगली जनावरबीच कसरी फरक छुट्याउलान् ?
करेनः जब हामी मासुका लागि कुनै जनावर पालिरहेका हुन्छौं तब मांसपेशीको मासुलाई ध्यान दिन्छौं। त्यसैले मासुको वजन थाम्न सक्नेगरी हड्डीहरू ठूला हुन् भन्नेमा ध्यान दिन्छौं। कुकुर, बिरालाजस्ता घरपालुवा जनावर भने सौन्दर्यका लागि पालिएका हुन्छन् त्यसैले तिनको अनुहार राम्रो बनाउन ध्यान दिइन्छ। त्यसैले कुन जनावर केका लागि पालिएको छ भन्नेले तिनको आकारप्रकारको निर्माणमा भूमिका खेल्छ। यिनै संकेतका आधारमा भविष्यका जीवाश्मविद्हरूले ‘यो जनावर शोखका लागि र यो मासुका लागि पालिएको थियो’ भन्ने अनुमान गर्नेछन्।
भविष्यका जीवाश्मविद्हरूले कुकुर र बिरालासँगको हाम्रो सम्बन्ध कसरी स्थापित गर्लान् ? उनीहरूले त्यसका लागि कस्ता जीवाश्मको सहारा लिन्छन् होला ?
करेनः कुकुर र बिरालालाई मानिसलाई जसरी नै गाडिने गरिन्छ। अहिले पनि मानिसहरूले आफ्ना प्रिय जनावरहरूको चिहान बनाएको पाइन्छ। त्यसैले तिनका जीवाश्महरू अहिले जथाभाबी गाडिने सुँगुर, गाईका भन्दा फरक तरिकाले पाइनेछन्।
रोयः भविष्यका जीवाश्मविद्हरूले कुकुर, बिरालालाई हामीले पूजा गर्थ्यौं भन्ने ठान्ने हुन् कि ? यसबारे मसँग कुनै धारणा छैन। धार्मिक व्याख्याहरूले त्यसमा केही मद्दत गर्लान्। तर, आशा गरौं भविष्यका अनुसन्धानदाताहरू त्योभन्दा निकै परिस्कृत हुनेछन्।