बजेटमा ताप्लेजुङका २९ आयोजना
काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमा ताप्लेजुङका २९ वटा आयोजना परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिल्लाका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गरेको हो। बजेटमा सुकेटार विमानस्थलको जग्गा अधिग्रहणसहित, पर्यटन ग्राम निर्माण, पाथिभरा क्षेत्रमा पर्यटकीय विश्रामस्थल, उद्धार केन्द्र, किराँत धर्मालम्बीहरुको पवित्र स्थल फक्ताङ्लुङ क्षेत्र पूर्वाधार निर्माण लगायतका योजना छन्।
प्रतिक्रिया दिनुहोस्