सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त काठमाडाैं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल चार वर्षका लागि नियुक्त गरेको हो। उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए। सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्