अमेरिकामा महँगी पाँच प्रतिशत बढ्यो
एजेन्सी। गत वर्षको तुलनामा अमेरिकामा मुद्रास्फीति पाँच प्रतिशत वृद्धि भएको छ। यो २००८ पछिको सर्वाधिक वृद्धि हो। कोरोना महामारीपछि तीव्र गतिमा खुलिरहेको बजारबाट मानिसहरु अधिक खरिद गरिरहेका छन् र यात्रा पनि बढाइरहेका छन्। एकातिर उपभोक्ताको माग बढिरहेको छ भने अर्कोतिर कच्चा पदार्थको अभाव चुलिएको छ। विश्लेषकहरु यसलाई चीनसँगको खराब सम्बन्धको असर मानिरहेका छन्। मागअनुसार वस्तु आपूर्ति नहुँनाले बजारभाउ बढेको हो।
प्रतिक्रिया दिनुहोस्